थप ४६३ जनामा कोरोना पुुष्टि, संक्रमित संख्या १२ हजार ७७२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् । संक्रमितमध्ये ललितपुरका एक जना रहेका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार थप ४६३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । संक्रमितमध्ये ३ हजार १३ जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १७९ जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएर विभिन्न अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका छन् । ९ हजार ७३१ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा ६१ हजार ७३१ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =