दुई अस्पतालबाट २९ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । पर्वत अस्पतालका ८ जना र वीरगञ्जस्थित नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकबाट २१ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएका छन् ।

उपचाररतहरूको स्वाब पुन परीक्षण गर्दा नतिजामा नेगेटिभ देखिएपछि उनीहरूलाई पर्वत कोरोना अस्पताल (अस्थायी) बाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

निको हुनेहरूमा कुस्मा नगरपालिकाका १ जना महिलासहित ३ जना पुरुष गरी ४ जना तथा फलेवास नगरपालिकाका १ जना पुरुष तथा विहादी गाउँपालिका, महाशीला गाउँपालिका र जलजला गाउँपालिकाका १/१ जना पुरुष रहेका छन् ।

त्यस्तै संक्रमितहरुको लगातार दुई वटा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि २१ जना संक्रमितलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ । संक्रमणमुक्त भइ घर फर्किनेमा ३ जना महिला र १८ जना पुरुषहरु रहेका छन् ।

पर्साको बिन्दबासिनी गाउँपालिकाका १० जना,पटेर्वा सुगौली गाउँपालिकाका दुई,पोखरिया नगरपालिकाका पाँच, पर्सागढी नगरपालिकाका जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी र धोबिनीका एक/एक जना डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *