स्थानीयले सडकमै धान रोपेपछि…

वीरगञ्ज । वीरगञ्जका स्थानीयले सडकमै धान रोपेका छन् । कलैया उपमहानगरपालिका–३ का स्थानीयले सढकमै धान रोपेका हुन् । त्यहाँस्थित कलैया–नितनपुर सडकखण्ड हिलाम्य भएर आवतजावतमा समस्या भएपछि भवानीपुरस्थित आयुर्वेद अस्पताल नजिकैको हिलाम्य सडकमा सांकेतिक विरोधस्वरुप धान रोपिएको एक स्थानीयले बताए ।

सडक हिलाम्य भएर स्थानीयले आवागमनमा सास्ती झेलिरहँदा पनि जनप्रतिनिधि तथा ठेकेदारको ध्यान नगएको उनीहरुको गुनासो छ । बाटोमा माटो मात्रै हालिएको, ग्राभेल नगरिएको उनीहरुको भनाइ छ ।

कलैया–३ का वडा अध्यक्ष जलाउद्दिन मन्सुर भने आफूले सहरी विकास कार्यालयको ठेक्कमा भएपनि समस्याबारे कम्पनीका प्रतिनिधिलाई जानकारी गराएको बताउँछन् । विभिन्न बहाना देखाएर ठेकेदारले काम नगर्दा समस्या भएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =