३० बर्षपछि लिभरपुल बन्यो च्याम्पियन
२०७७ असार १२ गते

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुलले ३० बर्षपछि लिगको उपाधि जितेर इतिहास बनाएको छ । लिभरपुलले सन १९९२ मा इङलिश प्रिमियर लिग नाम राखिएपछि भने पहिलो पटक उपाधि जितेको हो ।
गएराती चेल्सीले म्यान्चेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेसँगै लिगको उपाधि लिभरपुलले जित्ने पक्का भएको हो । लिभरपुलको दोस्रो स्थानमा रहेको सिटीभन्दा २२ अंक बढी छ भने अब लिगमा खेल्न ७ खेल बाँकी रहेको छ ।
लिभरपुलका धेरै खेलाडीले म्यानचेस्टर सिटीको खेलपछि उपाधि पक्का भएको खुशीयाली मनाएका छन् । यस्तै एनफिल्डमा जम्मा भएका लिभरपुलका समर्थकले पनि उपाधि जितेको खुशीयाली मनाएका छन् ।
सन १९९२ देखि प्रिमियर लिग नाम भएपछि सबै भन्दा बढी १३ पटक म्यानचेस्टर युनाइटेडले लिगको उपाधि जितेको छ भने लिभरपुलले पहिलो पटक यो सिजनमा उपाधि जितेको हो ।
२०७७ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








