कोरोना संक्रमित प्रहरीको संख्या ६९ पुग्यो

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीमा अग्रपंक्तिमा खटिएका प्रहरीहरुमा संक्रमण पुष्टि दर बढिरहेको छ ।

देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३९ प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् भने ३० जना आइसोलेसनमा उपचाररत छन् ।

कपिलवस्तुमा कार्यरत प्रहरीमा ६, बारामा ७, गुल्मीमा १, धनकुटामा २, बाँकेमा १, धनुषामा १०, सप्तरीमा ४, सिराहामा ३, सर्लाहीमा २, तनहुँमा २, रौतहटमा ४ महोत्तरीमा २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जुम्लामा २, जाजरकोटमा १, सुर्खेतमा १, दैलेखमा ९, कञ्चनपुरमा ३, बाजुरामा १, काठमाडौंमा १ र भक्तपुरमा एकजना गरी ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म पुष्टि गरेकाे विवरण अनुसार देशभर कुल संक्रमितकाे संख्या १० हजार ७२८ पुगेकाे छ । संक्रमितमध्ये २४ जनाकाे मृत्यु भएकाे छ भने २ हजार ३३८ जना उपचारपछि निकाे भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =