घरेलु मैदानमा बार्सिलोनाको जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुन फर्किएको छ । गएराति एट्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि विजयी गोल इभान राकिटिकले गरेका थिए । सब्स्टिच्युटको रुपमा खेलको ६४औ मिनेटमा मैदान छिरेका राकिटिकले लियोनेल मेसीको असिस्टमा खेलको ७१औ मिनेटमा गोल गरेका थिए । यस खेलमा सबैको नजर मेसीको क्यारियरको ७ सयऔँ गोलमा भएपनि मेसीको ७ सयौ गोलको लागि अझै अर्को खेल पर्खिनु पर्ने भएको छ ।

जितपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ३१ खेलमा ६८ अंक हासिल गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियलको ३० खेलमा ६५ अंक रहेको छ । रियल म्याड्रिडले आज राति मल्लोर्काविरुद्ध खेल्दै छ ।

गएराती नै सम्पन्न अर्को खेलमा एटलेटिको म्याड्रिडले लेभान्टेलाई १(० गोल अन्तरले पराजित गरेको छ । यो जितपछि एटलेटिकोको ३१ खेलमा ५५ अंक भएको छ भने लिगको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =