उपचारपछि घर फर्किइन् ५ वर्षिया बालिका

सुनसरी । जिल्लाको बराहक्षेत्र वडा नम्बर ४ नडाहामा आगोले पालेर घाइते भएकी एक बालिका उपचारपछि घर फर्किएकी छिन् । आगोले छातीदेखि देखी पेटसम्मको भागको सबै छाला उक्किएको अवस्थामा ५ वर्षिया बालिका देवी बराइलीलाई काठमाण्डु स्थित वीर अस्पतालको ट्रमा सेन्टरमा ल्याइएको थियो । सफल उपचारपछि उनी घर फर्किएकी हुन् ।

आर्थिक अवस्था कमजोर भएकाले गएको माघमा जलेर गम्भिर अवस्थामा रहेकी बालिकाको उपचार हुन सकेको थिएन । पछि विराटनगरमा प्रारम्भिक उपचार भएपनि थप उपचार नपाउँदा बालिकाको अवस्था दयनिय बन्दै गएको थियो ।

दयनीय अवस्थामा ४ महिना बितेपछि बराहक्षेत्र नगरपालिका वडा ५ सिमरबन चौकका दम्पती उमेश बिक र लक्ष्मी बिकले छोरीको अवस्था उपचारका लागि सञ्चार माध्यममा आर्थिक सहयोगको यचना गरेपछि सहयोग जुटाउन नरेश विकको संयोजकत्वमा ९ सदस्यीय देवी बराइली उपचार आर्थिक सहयोग समिति गठन नै भएको थियो ।

उक्त समितिले २ लाख १३ हजार रुपया संकलन गरेपछि बालिकालाई गएको जेठ १८ गते उपचारका लागि काठमाडाैं लगिएको थियो भने सोही रकमबाट उपचार सम्पन्न भई बालिका आमासँगै घर फर्किएकी हुन् ।

काठमाडाैंमा बालिकाको उपचारका लागि सहयोगमा संलग्न रहेका जनता समाजवादी पार्टीका नेता दलमर्दन कामीका अनुसार आगोले जलेर पेट र एकापट्टी तिघ्रामा गहिरो घाउ भएकाे थियाे । उक्त भागमा उनकै शरिरको अन्य भागको छाला लगाउने शल्यक्रिया सफल भएकाे हाे ।

दलमर्दनले अभिभावक दम्पतीको तर्फबाट बालिकाको उपचारमा सहयोग जुटाउने समितिका सदस्यहरु, सहयोग दाताहरु सहित अस्पतालका डाक्टर ज्ञानेन्द्र बहादुर साह, डाक्टर रिति फुयाल,  शल्यक्रिया प्रमुख र चिकित्सकहरुको टिम सबैप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =