सिन्धुपाल्चोकका थप दुई महिलामा कोरोना संक्रमण पुष्टि
२०७७ असार ८ गते

चौतारा । सिन्धुपाल्चोकका थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
कुवेतबाट जेठ २९ फर्किएकी बलेफी गाउँपालिकाकी एक महिला र भारतबाट आएकी बाह्रबिसे नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दुबै जना अहिले सुनकोशी गाउँपालिकाको क्षेत्रीय क्वारेन्टाइनमा छन् । योसँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ भने मृतक संख्या १ छ । यसअघि त्यहाँकी एक सुत्केरीको मृत्यु भएको थियो ।
२०७७ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








