लकडाउनमा अख्तियारको बढ्दो क्रियाशीलता : हुलाकका प्रमुखसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुखसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

प्रमुख अमरबहादुर मल्लसहित ८ जनाविरुद्ध १ करोड ८२ लाख ६ हजार ९ सय बिगो कायम गरी विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

अतिरिक्त हुलाक कार्यालयमा कर्मचारी नियुक्ति गर्दा तथा कार्यालय भवन निर्माणका लागि टेन्डर गर्दा अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

हुलाक सेवा विभागमा शाखा अधिकृत श्यामकुमार सिंह, जिल्ला हुलाक कार्यालय दैलेखका नायव सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी, लेखापाल शालिग्राम पौडेल, नायव सुब्बा रणबहादुर बोहरा, लेखा नियन्त्रक कार्यालय, दैलेखमा कोष नियन्त्रक शुभाखर न्यौपाने, लेखापाल पदमा कार्यरत दीपबहादुर थापालाई प्रतिवादी बनाइएको छ ।

हुलाक अधिकृत मल्ल, नायब सुब्बा गौतम, सहायक कम्प्युटर अपरेटर केसी र विभागका शाखा अधिकृत श्यामकुमार सिंहले एकआपसमा मिलेमतोमा उनीरुले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

आर्थिक ०६९/०७० मा २९९ र आव ०७००७१ मा ४१२ जनाको दरबन्दी कायम गरी पटक पटक वास्तविक दरबन्दी भन्दा १४७ र २६० जना बढी देखाई झुठ्ठा ब्यहोराको गलत लिखत तयार गरेको अनुसन्धानमा खुलेको छ ।

गलत लिखतको आधारमा तत्कालीन हुलाक कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखको रूपमा कार्यरत नायब सुब्बा बोहरा र लेखापाल पौडेलले दरबन्दी भन्दा बढी १४७ जना कर्मचारीलाई नियमविपरित नियुक्ति गरेको खुलेको छ ।

तत्कालीन कार्यालय प्रमुख मल्लसमेतको मिलेमतोमा निज दुवैजना समेतले बद्‌नियत् राखी वास्तविक १५२ जना दरबन्दीभन्दा बाहेक १४७ जना थप व्यक्तिको नाममा तलबी प्रतिवेदन तयार पारेको देखिएको छ ।

तलबी प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षमा भुक्तानी भएको विवरणसमेतलाई आधार नमानी, हुलाक सेवा विभागबाट वास्तविक दरबन्दी खुला गरेको पत्राचार एवं महालेखा परीक्षकको प्रतिवेदनसमेतलाई व्यवस्था गरेको देखिएको छ ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐनबमोजिम बमोजिम असुल गर्न माग दाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *