दार्चुलामा खोलाले बगाउँदा महिलाको मृत्यु

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

नौगाड–३ की २६ वर्षीया कमला ठगुन्नाको आइतबार बिहान खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक ठगुन्नाका दुई छोरी रहेका छन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदको टोली खटिएको छ। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 13 =