क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

बर्दिया । बर्दियाको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका-३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

२ साताअघि काठमाडौंबाट आईएर १४ दिन क्वारेन्टाइन बसेपछि आरडीटी रिपोर्ट नेगेटिभ आएर घर फर्किएका थारुकोे बिहीबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =