भलेन्सियामाथि रियल म्याड्रिडको सहज जित, बेन्जमाले गरे दुई गोल

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले भलेन्सियामाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियलले भलेन्सियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा करिम बेजन्माले २ गोल गरे भने मार्को असेन्सियोले एक गोल गरेका थिए । बेजन्माले ६१ औं मिनेटमा रियललाई अग्रता दिलाएका थिए । मार्को असेन्सियोले ७४ औ मिनेटमा रियलको अग्रता दोब्बर बनाउने काम गरे । ८६ औं मिनेटमा बेजन्माले भलीमार्फत ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई सहज जित दिलाए ।

बेन्जमाले यस खेलमा दुई गोल गरेसँगै रियलका लागि अहिलेसम्म कुल २४३ गोल गर्दै रियलको अल टाइम गोल स्कोररमा पाँचौ स्थानमा उक्लिएका छन् । योजितपछि रियल म्याड्रिडको २९ खेलमा ६२ अंक भएको छ भने रियलले शिर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ । बार्सिलोना ६४ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =