कैलालीका २ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २२ पुग्योः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप २ जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा यसबारे पुष्टि गरेका हुन् ।

प्रवक्ता डा. गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका–४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका– २ की ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते र लम्कीचुहाकी महिलाको असार २ गते मृत्यु भएको हो । ती महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । उनको असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो ।

याेसँगै मन्त्रालयले पुष्टि गरेकाे विवरणअनुसार काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २२ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =