कोपा इटालियाको उपाधि नापोलीले जित्यो

काठमाडौं । युभेन्ट्सलाई हराउँदै नापोलीले कोपा ईटालियाको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नापोलीले उपाधि उचालेको हो ।

निर्धारित ९० मिनेटको खेल बिना कुनै गोल बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो । पेनाल्टी सुटआउटमा युभेन्टसका लागि पाउलो डिबाला र डानिलोले पेनाल्टी मिस गरे ।

योसँगै कोपा इटालीको इतिहासमा नापोली अहिलेसम्म छैठौ उपाधि जितेको छ । त्यस्तै युभेन्टस १९औ पटक फाइनलमा पुगेको छ भने युभेन्टसले यस अघि १३ पटक उपाधि जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =