प्रिमियर लिग शुरु, म्यानचेस्टर सिटीको विजयी शुरुवात
२०७७ असार ४ गते

काठमाढौं । कोरोना भाईरसले स्थगित ईङलिश प्रिमियर लिग अन्तत: शुरु भएको छ । गएराती भएको खेलमा म्यान्चेष्टर सिटीले आर्सनललाई हराएको छ ।
खेलमा सिटीले आर्सनललाई ३-० ले हराएको हो । सिटीको जितमा रहिम स्टरलिङ केभिन डि ब्रुने र फिल फोडेनले एक एक गोल गरेका थिए । कोरोना महामारीका कारण गत मार्चमा स्थगित भएको प्रिमियर लिग पुनस् सुचारु भएसँगै सिटीले शानदार शुरुवात गरेको छ भने आर्सनलको समस्या उस्तै देखिएको छ ।
यो जितपछि सिटीको २९ खेलमा ६० अंक भएको छ भने शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा २२ अंकले पछाडी रहेको छ । त्यस्तै आर्सनलको भने २९ खेलमा ४० अंक छ भने लिगको नवौं स्थानमा रहेको छ । गएराती नै भएको अर्को खेलमा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड बिना कुनै गोल बराबरीमा रोकिएका छन् ।
२०७७ असार ४ गते
प्रतिक्रिया
सम्बन्धित








