थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६५९१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३८० जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार मंगलबार थप ३८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६५९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् भने १९ जनाको मृत्यु भइसकेको छ ।५ हजार ५३१ कोरोना संक्रमितहरुकाे विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा एक लाख ३३ हजार ९ मानिसहरु रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =