सुदूरपश्चिमबाट २ हजार बढीको नमुना काठमाडौं पठाइयो
२०७७ असार २ गते

फाइल तस्बिर
धनगढी। सुदूरपश्चिमबाट दुई हजार बढीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ। कोरोना परीक्षणका लागि संकलित नमुनामध्ये दुई हजार ६६ जनाको स्वाब काठमाडौं पठाइएको हो।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक रामचन्द्र ओझाले संकलित नमुनामध्ये दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाएको पुष्टि गरे।
‘यहाँ भोल्युम बढी भयो। हामीले आइतबार केही नमुना काठमाडौं पठाएका छौँ,’ उनले भनेका छन्।
२०७७ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








