जोर-विजोर प्रणाली मोटरसाइकल र स्कुटरमासमेत लागू

काठमाडौं । मोटरसाइकल र स्कुटरमासमेत जोर-विजोर प्रणाली लागू भएको छ । ट्राफिक प्रहरीलाई जोर-विजोर लागू गर्न भन्दै सरकारले परिपत्र गरेसँगै मोटरसाइकल र स्कुटरमा जोर–विजोर प्रणाली लागू गरिएको हो ।

यसअघि सरकारले मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भन्ने निर्णय गरेको थियो । यसले गर्दा, यी सवारीसाधनमा जोरबिजोर लागू नहुने भन्ने धेरैको बुझाइ थियो ।

तर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले परिपत्रमार्फत आफूहरुलाई स्पष्ट निर्देशन आइसकेको बताए । उनका अनुसार अब मोटरसाइकल र स्कुटरमा पनि जोर-विजोर प्रणाली लागू हुन्छ । दुई पांग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम यथावत रहेको उनले प्रष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =