काठमाडौं भित्रिन प्रशासनले जारी गर्‍यो नयाँ व्यवस्था

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका प्रवेश गर्न नयाँ व्यवस्था लागु गरेको छ। गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौं उपत्यका भित्रिने र बाहिर जाने सवारी साधनको सवारी पासको लागि विशेष व्यवस्था गरिएको छ।

बाहिरबाट उपत्यका प्रवेश गर्नका लागि अनिवार्यरूपमा आफू बस्ने नगरपालिकाको स्वीकृति चाहिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ, सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमति सहित यात्रा शुरू गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति माग गरी यस कार्यालयमा पत्र प्राप्त भएपश्चात संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यलाई पुष्ट्याइँ हुने कागजातसमेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरिने जनाइएको छ।

त्यसैगरी काठमाडौं उपत्यकाबाट बाहिर जानका लागि व्यक्तिगत अत्यावश्यक कार्यको लागि भए प्रयोजन खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ। सरकारी वा संस्थागत कामको लागि भए सम्बन्धित संस्थाको सिफारिसपत्रसहित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्नुपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =