प्रदर्शन भइरहेका बेला माइतीघरबाट चार विदेशी पक्राउ

काठमाडौं। माइतीघर मण्डला चोकबाट प्रदर्शनमा सहभागी चार विदेशी नागरिक पक्राउ परेका छन्। अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरु सबै प्ले कार्डसहित प्रदर्शनमा उत्रको बेला नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ। पक्राउ परेका उनीहरुलाई सोधपुछ हुने काम भइरहेको प्रहरीले जनाएको छ। हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

नेपालको संविधान अनुसार विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि प्रकारका आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन पाउँदैनन्। यस्तै तीनजना नेपाली नागरिकलाई पनि प्रदर्शनस्थलबाट पक्राउ गरेको छ। कोरोना महामारी नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै विरोध प्रदर्शन भइरहेको हो।

सामाजिक सञ्जालबाट जोडिएका सरकारसँग असन्तुष्ट युवाहरुले केही दिनदेखि देशभर प्रर्दशन तथा विरोधका कार्यक्रमहरु गरिएका छन्। उनीहरुले अहिले कोरोना संक्रमणको बेला सरकारले देखाएको उदाशिनतादेखि भारतले हडपेको भूमिको विषयमा समेत नारा लागिरहेको छ।

प्रतिनिधिसभामा कालपानी, लिम्पियाधुरा, लिपुलेग समेटिएर बनाएको नेपालको नयाँ नक्सा सम्वन्धि संशोधन विधेक आज पारित हुँदैछ। दिउँसो १ बजेसम्म बैठकमा संशोधन विधेक पारित हुने कार्यक्रम रहेको छ। आज काठमाडौंको माइतीघर मण्डलामा विरोधमा जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =