ला लिगामा ग्रानडा विजयी, भलेन्सिया बराबरीमा रोकियो

काठमाडौं । कोरोना महामारीका बीच शुरु भएको ला लिगाका खेल हरुमा ग्रानडाले गेटाफेलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा ग्रानडाले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । ग्रानडाका लागि दुवै गोल कार्लोस फेनान्ड़ेजले गरेका हुन् भने गेटाफेक लागि एक गोल डेभिड टिमोरले गरेका थिए ।
त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा भलेन्सिया लेभान्टेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । निकै प्रतिष्पर्धात्मक खेलमा भलेन्सियाले खेलको ८९औ मिनेटमा गोल गर्दै अग्रता लिएको भएपनि लेभान्टेले इन्जुरी टाइममा पाएको पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरी गरेको थियो ।
यस खेलमा पराजित भएसँगै गेटाफेले चौथो स्थानमा उक्लिने अवसर गुमाएको छ । गेटाफेको २८ खेलमा ४६ अंक रहेको छ र लिगको पाँचौ स्थानमा रहेको छ । त्यस्तै ग्रानडा भने महत्वपूर्ण ३ अंक बटुलेर २८ खेलमा ४१ अंक बटुल्दै लिगको आठौ स्थानमा उक्लिएको छ ।








