कोरोनामा राजनीति घुस्योः स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको महामारीमा राजनीति सवार भएको बताएका छन् । मन्त्रालयमा कान्ति बाल अस्पतालको ई.टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।
कोरोनामा राजनीति प्रवेश भएपछि व्यवस्थापन गर्न कठिन भएको उनको भनाइ छ । विगत केहिदिन यता पीसिआर परीक्षणको दायरा बढाउन, १० अर्ब खर्चको विवरण सार्वजनिक गर्न तथा क्वारेन्टाइन व्यवस्थित बनाउन माग राख्दै भइरहेको प्रदर्शनलाई लक्षित गर्दै मन्त्री ढकालले भने, ‘सुरुमा रागबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको छ ।’
मन्त्री ढकालले विश्वका अन्य मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचना भन्दा पनि कोरोना महामारीविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको धारणा राखे ।








