चितवन र नवलपुरमा गरी थप ४ जनामा कोरोना पुष्टि

चितवन । चितवन र नवलपुरमा गरी थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । चितवनका २ र नवलपुरका २ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको कालिका-६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर-५ का २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । साथै नवलपुरको गैंडाकोट १३ र १४ का २३ र २६ वर्षीय पुरुषहरुमा पनि कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रयोगशालामा गरिएको १३७ नमुना परीक्षणमध्ये ४ को पोजेटिभ र बाँकी १३३ को नेगेटिभ रिपोर्ट आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =