अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण, बारामा ५ जना थपिए

अर्घाखाँची । अर्घाखाँचीमा सोमबार एकै दिन ३१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलका अनुसार भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै बारामा ३ वर्षीया बालिकासहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज थपिएका ५ जना संक्रमित बाराको स्वर्ण गाउँपालिकाका बासिन्दा हुन् । बाराका फोकल पर्सन शंकर गुप्ताका अनुसार सुवर्ण गाउँपालिका वडा नं ५ की ३ वर्षीया बालिका र २८ वर्षीया उनकी आमा संक्रमित रहेका छन् ।

त्यसैगरी ,सोही पालिकाकाको वडा नं २ का ३० वर्षीय, ७ नम्बर वडाका १६ वर्षीय र वडा नम्बर ५ का ३० वर्षीय गरी तीन जना पुरुष रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र हर्दियाको क्वारेन्टिनमा बसेका ३९ जनाको जेठ २३ गते स्वाब संकलन गरि परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै बारामा संक्रमितको कुल संख्या ७५ पुगेको छ । संक्रमितमध्ये २९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =