नेपालमा थप २ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबार डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको मृत्युपछि पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको बताए।

डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको मृत्युपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो। उनी दमको रोगी रहेको थिए। उनी जेठ १८ गते सुर्खेतबाट डोल्पा पुगेका थिए। होमक्वारेन्टिमा रहेका उनको जेठ २१ गते मृत्यु भएको थियो।

यस्तै, सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्की एक मृतक ५५ वर्षीय महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। धनगढी उपमहानगरपालिका ४ की महिला मिर्गौला रोगसँग लडिरहेकी थिइन्। उनको डायलासिसकै क्रममा जेठ २३ गते दिउँसो १२ बजे मृत्यु भएको हो।

तर उनमा कोरोना सङ्क्रमणको लक्षण नदेखिएको प्रवक्ता देवकोटाले बताए। यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा १३ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =