विश्व वातावरण दिवसमा जेसिजको एक सदस्य एक विरुवा अभियान

काठमाडौं । विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपाल जेसिजमातहतका देशैभरिका शाखामार्फत सबै जेसिजका सदस्य हरुले बृक्षारोपण गरेका छन् ।
विश्व वातावरण दिवसको नारा ‘celebrating biodiversity‘ र त्यसैमा साथ दिदै नेपाल जेसिज SDG committe को नारा ‘one plant my responsibility’ भन्ने नारालाई सार्थक पार्न प्रत्येक जेसिज सदस्य एक एक वटा बिरुवा रोपेका हुन् ।
दिगो लक्ष्य बिकासका माध्यमबाट समाजमा रहेका युवाहरूलाई अवसर प्रदान गरि दिगो विकास अन्तर्गतका कार्यहरु अगाडि बढाउन र सयुक्त राष्ट्रिसंघले अगाडि सारेको लक्ष्यलाई सघाउने एउटा सुचाङ्क बृक्षारोपण रहेको नेपाल जेसिज का (एसडिजी)राष्ट्रिय संयोजक आशिष शर्माले बताए ।
शुक्रबार विश्व वातावरण दिवसका दिन नेपाल जेसिज मातहतमा रहेका १५६ शाखा का सबै सदस्यहरुले यो अभियानमा जोडिएर देशभर पाँचहजार विरुवा रोपेर साथ दिएको दिगो लक्ष्य बिकास समितिका संयोजक शर्माको भनाइ छ ।
दिगो लक्ष्य बिकास अन्तर्गत १३औं बुदामा समेटिएको बृक्षारोपण पर्दछ र दिगो बिकास ग्लोबल पाट्नरको रूपमा जेसिज रहेकोले यो कार्यमा जेसिजले अग्रसरता लिएको हो । नेपालमा जेसिजको सदस्य रहेका करिब १५ हजार युवा विभिन्न पेशा व्यवसायमा रहदै जेसिज अभियानमा आवद्ध छन् ।
यी युवालाई सक्षम र सबल बनाउन जेसिजले नेतृत्व, व्यक्तित्व विकासका माध्यमबाट व्यक्तिमा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटित गर्दै समाजको समृद्धी खोज्ने कार्यका साथै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।








