कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि
२०७७ जेठ २२ गते

सांकेतिक तस्वीर। मकालु खबर
- ईश्वरीप्रसाद देवकोटा
जुम्ला। कर्णाली प्रदेशमा बिहीबार १०६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा थप १०६ जनामा कोरोना सङ्क्रमण देखिएको हो।
सङ्क्रमितहरू एक जना मुगुको खत्याडका र अन्य बाँकी दैलेखका रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। दैलेखेको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिलामा कोरोना सङ्क्रमण देखिएको छ।
त्यस्तै देवलकाँडा का १२ जना पुरुष, सोतका ९ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ। मानटाकुराका ७ जना पुरुष, साडुका २ जना पुरुषमा पनि सङ्क्रमण देखिएको छ। भवानीका ५ जना पुरुष र बासकोटका १ जना पुरुष गरी बिहीबार कोरोना सङ्क्रमण देखिएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर प्रयोगशालामा गरिएको हालसम्मको परीक्षणमा २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








