बिराटनगरको मिल्स एरियामा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

बिराटनगर । बिराटनगर महानगरपालिका–१६ मिल्स एरियामा नोबेल शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा १ हजार ५५ बिरामीको स्वास्थ्य परिक्षण गरिएको छ ।   

स्थानीय मिल्स माध्यमिक विद्यालयसँगको सहकार्यमा आयोजित शिविरमा २ सय ८८ जनाको ल्याव टेष्ट, १ सय १० जनाको भिडियो एक्सरे र १ सय ९५ जनाको ईसीजी गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।   

शिविरमा छाला र आँखा रोगका बिरामी बढी आएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सिमा क्षेत्रमा शिविर भएकाले भारतका बिरामीहरु पनि उपचारका लागि आएका थिए । 

केहि दिनअघि नोबेलले उर्लावारीमा शिविर सञ्चालन गरेर ९ सय ८३ जनाको निःशुल्क उपचार गरेको थियो । नोबेलले आर्थिक रुपमा बिपन्न बिरामीलाई लक्षित गरी नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =