नगरपालिकाको सहकार्य तथा स्थानीयको सहभागितामा साडेपानी बजार क्षेत्र सरसफाइ

काठमाडौं । नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिका वडा नम्बर २ मा रहेको साडेपानी बजार सरसफाइ गरिएको छ । अस्थायी प्रहरी कार्यलय साडेपानी, घोडाघोडी नगरपालिका वडा कार्यालय २ को सहकार्य तथा स्थानीयको सहभागितामा साडेपानी बजार क्षेत्र सरसफाइ गरिएको हो ।
विगत केही दिन देखि बजार क्षेत्रमा थुप्रीएको फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित हुनुको साथै स्थानीय नागरिकको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्दै गइरहेकाले वडा कार्यालयको सहकार्य तथा स्थानीय नागरिकको सहभागितामा आफुहरुले सरसफाइ गरेको अस्थायी प्रहरी कार्यलय साडेपानीका प्रहरी साहेक निरीक्षक शंकर पन्तले बताउनु भयो ।
null
सडक छेउछाउमा पर्चा प्रसारका लागि राखिएका होडिङ बोर्ड् पनि हटाइएको छ । अनावश्यक होडिङ बोर्डहरुले गर्दा बजार क्षेत्र कुरुप हुँनुका साथै दुर्घटनाको जोखिम समेत बढेको हुदा होडिङ बोर्डहरु हटाइएको घोडाघोडी नगरपालिका वडा २ का वडा अध्यक्ष हरि राज बिष्टले बताउनु भयो ।
यता, स्थानीय सरकारले नगरपालिका क्षेत्रहरूको फोहोर मैला ब्यबस्थापनका लागि लाखौ रुपैया खर्च गर्दा समेत यसको प्रभावकारिता नदेखिएको स्थानिय बासीले आरोप लगाउदै आएका छन । बेला बेलामा घोडाघोडी नगरपालिका क्षेत्र भित्रको फोहोर ब्यवस्थापनकै विषयले स्थानिय स्तरमा चर्चा समेत पाउने गरेको छ ।








