विप्लव समूहका कार्यकर्ता तामाङ भक्तपुरबाट पक्राउ

माघ ७, भक्तपुर ।नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ९ का ४४ वर्षिय भुवनसिंह तामाङ रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार दिउँसो मध्यपुर ठिमी नगरपालिका–४, नयाँठिमीस्थित चारदोबाटोमा अपरिचित ब्यक्तिले स्थानीय ब्यापारीहरुलाई धाक धम्की दिई जवरजस्ती चन्दा असुली गरी हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको टोलीले तामाङलाई पक्राउ गरेको छ ।
उनी जिल्ला सेक्रेटरी समेत रहेको बताइएको छ ।

पक्राउ परेका तामाङ प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको र उनी सिन्धुपाल्चोक जिल्लाको सेक्रेटरी समेत भन्ने बुझिन आएको प्रहरीको भनाइ छ । पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








