बंगलादेशलाई २५ रनले हराउँदै अफगानिस्तान विजयी

 भदौ ३० एजेन्सी ।  बंगलादेश टी–२० ट्राइ सिरिजमा  अफगानिस्तानले जित हासिल गरेको छ । घरेलु टिम बंगलादेशलाई २५ रनले पराजित गर्दै अफगानिस्तानले जित हात पारेको हो ।   

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । 

अफगानिस्तानका लागि मोहम्मद नाबीले ५४ बलमा ८४ रनको योगदान दिए भने सात छक्का र तीन चौका प्रहार गरेका थिए ।  यस्तै अस्गर अफगानले ४० रन बनाए । बलिङतर्फ मोहम्मद सैफुद्धिन एक्लैले चार विकेट लिए भने शकिब अल हसनले दुई विकेट लिएका थिए ।   

null

१६५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.५ ओभरमा १३९ रनमा अलआउट भयो । बंगलादेशका लागि महमुदुल्लाहले सर्वाधिक ४४ रनको योगदान दिए । अन्य कसैले २० रन कटाएनन् । 

बंगलादेशलाई कम स्कोरमा रोक्नका लागि अफगानिस्तानका मुजिब उर रहमानले चार विकेट लिए । त्यस्तै फरिद अहमद, राशिद खान र गुलबदिन नाइबले दुई–दुई विकेट लिएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 15 =