पत्रकार थापा र पूर्व खेलाडी साहानी जापानमा सम्मानित

माघ ३, जापान टोकियो । एक दशक देखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष पत्रकार थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ । 

घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरकृया भेटघाट तथा सम्मान कार्यक्रममा थापालाई सम्मान पत्र, उपहार र खादा ओडाएर सम्मान गरिएको शाखाले जनाएको छ ।  

त्यस्तै सो अवसरमा संस्थाका केन्द्रिय उपाध्यक्ष तथा पुर्व खेलाडी जीवन साहानीलाई सम्मान गरिएको छ । केन्द्रिय समितिमा रहेर सामाजिक गतिविधी र खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै उपाध्यक्ष साहानीलाई सम्मान गरिएको हो । 

साहानी एक महिने भ्रमणको क्रममा अहिले जापानमा रहेका छन । कार्यक्रममा बोल्दै घुम्टे युवा परिवारका केन्द्रिय अध्यक्ष थम्मन थापा सन्देशले प्रदेशी भुमिमा संस्थाले प्रदान गरेको अपार माया र सम्मानले सामाजिक उत्तरदायित्व बहन गर्न थप प्रेरणा प्रदान गरेको बताए । उनले विदेशबाट हुने आर्थिक भौतिक नैतिक सहयोगलाई नेपालमा सहि सदुपयोग गर्न केन्द्रिय समिति र शाखा बिच सहकार्य र समन्वय भईरहने बताए ।  

अध्यक्ष थापाले संस्थाले गरेका गतिविधी, सामाजिक विषयवस्तु र आगामी दिनमा संस्थाले गर्न लागेका भावी कार्ययोजनाहरुको बारेमा जानकारी समेत गराएका थिए । त्यस्तै उपाध्यक्ष जीवन साहानीले अब केन्द्र र शाखा बिच समन्वय गरेर अक्षयकोष स्थापना गरि सामाजिक कार्यमा अगाडी बढनु पर्ने बताए । 

 उनले समय, अनुशाषन र मेहनत के हो भन्ने कुरा जापानबाट सिकेर समृद्व समाज निर्माणमा सबै युवाहरु एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा शाखा अध्यक्ष दिल बहादुर थापा रामुले शाखाले गरेका गतिविधी र आगामी दिनको कार्ययोजनाको बारेमा जानकारी गराएका थिए । त्यस्तै शाखा अध्यक्ष थापाले केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई जापानमा स्वागत गर्न पाउँदा आफुहरु हर्षित भएको बताए ।  

वि.सं. २०७५ भदौमा जापानमा संस्थाले शाखा स्थापना गरेको थियो । शाखा स्थापना भएपछि गाउँमा हुने बिभिन्न सामाजिक कार्यहरुमा आर्थिक नैतिक भौतिक सहयोग प्राप्त हुँदै गईरहेको छ । स्थापनाको छोटो समयमा शाखाले थुप्रै उदाहरणिय कामहरु सम्पन्न गरेको छ । अतिथि रेष्टुरेण्ट मोतोयावाता टोकियोमा आयोजित उक्त कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु, शुभेच्छुकहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =