भारतसँग जोडिएको सीमा क्षेत्रमा मोबाइल सेवा बन्द

  

पुस १६, भारत । बङ्गलादेश सरकारले मङ्गलबारबाट भारतसँग जोडिएको सीमा क्षेत्रमा मोबाइल सेवा बन्द गरिदिएको छ । 

सरकारले सुरक्षा कारणले यस्तो कदम चालेको बताएको छ । सरकारको यो कदमका कारण झण्डै एक करोड मोबाइल उपभोक्तामा असर पर्नेछ । ढाका ट्रिब्युनको रिपोर्टका अनुसार, बङ्गलादेश सरकारले भारतमा नागरिकता संशोधन कानुन बनेपछि मोबाइल अपरेटर्सलाई यस सम्बन्धमा निर्देशन दिएको थियो । 

Image result for मोबाइल सेवा

यसपछि आइतबार मोबाइल सञ्चालकहरुले भारतीय सीमाको एक किमीको दायरामा मोबाइल सञ्जाल बन्द गरेका थिए । बङ्गलादेश टेलिकम्युनिकेशन रेगुलेटरी कमीशन (बीटीआरसी) ले आफ्नो आदेशमा देशका मोबाइल सेवा प्रदायकहरुः ग्रामिण–फोन, टेलिटक, रोबी र बङ्गलालिंकलाई आगामी सूचना नआएसम्म सीमा क्षेत्रमा मोबाइल सञ्जाल बन्द राख्न भनेको छ । 

वर्तमान अवस्थामा देशको सुरक्षाको लागि यो आवश्यक छ । चार वटै दुरसञ्चार कम्पनीले आफ्नो २००० ट्रान्सरिसिभरलाई बन्द गरेको छ । देशका ३२ जिल्लामा इन्टरनेट सेवाहरुमा रोक लगाइएको छ । 

इन्टरनेट प्रतिबन्धको निर्णय अस्थायी–बीटीआरसी 

बीटीआरसीका अध्यक्ष जहारुल हकका अनुसार सरकारको एक उच्चस्तरीय बैठकपछि मोबाइल इन्टरनेट बन्द गर्ने फैसला गरिएको हो । उनले यो आदेश अस्थायी भएको बताए । 

बङ्गलादेशका विदेशमन्त्री असदुज्जमान खान कमाल र विदेश मन्त्री एके अब्दुल मोमेनले भने फैसलाबारे अज्ञानता जताए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =