घरमा कुनै अप्रिय घट्ना घट्न लागेमा तुलसीले यसरी ति कुराको संकेत दिन्छ

  

 

चैत १० ।  हिन्दु धर्मशास्त्र अनुसार तुलसीको बोटलाई हामी बिष्णु भगवान्को अवतार मान्छौँ । हाम्रो घर बपरपर मठमा राेपिएकाे तुलसीलाई हामी पुजाआजा गर्ने गछौँ यसरी पुजाआजा गर्दा हाम्रो परिवारमा सदैव सुख–शान्ति समृद्धी छाउँछ भन्ने विश्वास रहेको छ । तुलसीको पातलाई बिभिन्न रोगको उपचारमा पनि प्रयोग गर्न सकिन्छ । तपाईलाई थाहा नहुन सक्छ यदी तपाईको घरमा कुनै संकट या अप्रिय घटना घट्न लागेको छ भने हामीले तुलसीबाट हाम्रो उक्त कुराको संकेत पाउँन सक्छौँ 

null

पुराणमा उल्लेख भए अनुसार जुन घरमा संकट आउँछ त्यहाँ लक्ष्मीको बास हुँदैन । तुलसी लक्ष्मीकी प्रतिक भएका कारण संकट आउन लागेको घरमा तुलसीका पात सुक्ने शास्त्रको भनाइ छ । 

शास्त्रका अनुसार तपाइँको घरमा कुनै पनि नराम्रो घटना हुन लागेको छ भने सबैभन्दा पहिले तपाइँको घरमा रोपिएको तुलसीका पातमा संकेत देखिन्छ । घरमा संकट आउनु अघी तुलसीका पात सुक्न थाल्छन् । 

 ज्योतिष विद्याका अनुसार बुध ग्रहका कारण यस्तो हुने गर्छ । बुध ग्रहको प्रभाव हरियो रंगमा हुन्छ । कुनै पनि विरुवाको रंग हरियो हुनुमा बुधको प्रभाव हुन्छ । बुधले नै संकट आउने संकेत तुलसी सम्म पुर्‍याउँछ । कुनै ग्रहले कुनै घरमा शुभ फल दिने भएपनि बुधले त्यसको संकेत तुलसीमा पठाउँछ । 

कुनै पनि घरमा छोरीको विवाह गर्न ढिला भो भने तुलसीमा जल चढाउने चलन छ । ब्यापर ब्यवसायमा समस्या भएको छ भने घरको दक्षिण– पश्चिम दिशामा तुलसीको विरुवा रोप्नाले ब्यवसायमा सफलता मिल्ने विश्वास छ । 

 तुलसीको गमला भान्साको छेउँमा राख्दा घरमा कलह समाप्त हुन्छ भने पूर्वी दिशाको झ्यालको छेउँमा तुलसीको विरुवा रोप्दा पुत्रको स्वभाव सकारात्मक हुने विश्वास छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + five =