रोयल यु–२३ बास्केटबल सोमबारदेखि

फागुन १०, काठमाडौ । रोयल स्पोर्ट्स सेन्ट्रलको आयोजनामा प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । 

प्रतियोगितामा आयोजकसहित ९ टिमको सहभागिता रहने रोयलका सञ्चालक मध्येका एक नृपेश श्रेष्ठले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । 

समूह ‘ए’ मा जेभियर इन्टरनेसनल, टाइम्स, हिमालयन ह्वाइटहाउस, साइपाल एकेडेमी र गोल्डेनगेट रहेका छन् । समूह ‘बी’ मा बापेक (BAPECE), आयोजक रोयल, कास्की र बूढानीलकण्ठ छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । प्रावधान पुगेका राष्ट्रिय खेलाडीले पनि प्रतियोगितामा सहभागी हुन पाउने छन् । 

प्रथम हुने टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । 

साताव्यापी प्रतियोगिताका खेलहरु ललितपुरको सानागाउँस्थित रोयलको आफ्नै हलमा हुने छ । नृपेशसहित सफल राष्ट्रिय बास्केटबल खेलाडीद्वय विनोद महर्जन र रविन खत्रीले रोयल सञ्चालन गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 14 =