अफगानिस्तानमा फेरी आक्रमण, ७ जनाको मृत्यु
२०७५ चैत ४ गते

चैत ३, काबुल । अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको पहिलो आक्रमणमा प्रहरी प्रमुख हाजी जमारीसहित चार सर्वसाधारणको मृत्यु भएको थियो ।
null
त्यसैगरी गजनी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको बाहिरी इलाकामा शनिबार साँझ सेनाको सवारी साधन लक्षित भएको विस्फोटमा परी तीन अफगान प्रहरीको मृत्यु भएको प्रान्तीय सरकारका प्रवक्ता हरिफ नुरिमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
यस शक्तिशाली विस्फोटमा परी सेनाको सवारी साधन पनि ध्वस्त भएको जनाइएको छ । शान्तीका दुश्मन तालिबान लडाकू समूहले नै यो आक्रमण गराएका सरकारी अधिकारीहरुको दाबी रहेको छ । एजेन्सी
२०७५ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित








