राप्रपाको बैठक बस्दै, हिन्दु राष्ट्र लगायतका विषयमा छलफल हुने
२०७५ माघ २० गते

माघ २०, काठमाडौँ । राप्रपा केन्द्रिय कार्यसमितिको बैठक आज (आइतबार) बस्दै छ ।
फागुन ७ गतेबाट सुरु गर्ने संघर्ष, हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापना लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको बैठक बिहान साढे ११ बजे बस्ने राप्रपाले जनाएको छ ।
पार्टीका अध्यक्ष कमल थापाले ट्वीटरमा लेखेका छन्, ‘समसामयिक परिस्थितिको समिक्षा, पार्टीको भावी कार्ययोजनाको तयारी, राष्ट्रिय स्वाभिमान यात्रा र फागुन ७ बाट शुरु हुने जनसंघर्ष बैठकको मुख्य एजेण्डा हुन् ।’
null
हिन्दु राष्ट्र, राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको मागसहित संघर्षको अभियान शुरु गर्ने राप्रपाले जनाएको छ ।
२०७५ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित








