नेपाल विश्व क्रिकेट लिग डिभिजन टूको विश्वकप छनौटमा

फागुन २, काठमाडौं । नेपाल विश्व क्रिकेट लिग डिभिजन टूको विश्वकप छनौटमा प्रवेश गरेको छ । नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालार्इ पराजित गर्दै नेपाल विश्व क्रिकेट लिग डिभिजन २ को विश्वकप छनौट चरणमा प्रवेश गरेको हो । आजको खेलमा क्यानडासँग नेपाल १ विकेटले जित हात पारेको हो ।

क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले करण केसीको विस्फोटक ब्याटिङले पुरा गरेको हो । करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए। उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई जित दिलाए । यो जितसँगै नेपाल शिर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =