सपना स्कुलमा बालकेन्द्रित शिक्षा सम्बन्धी प्रशिक्षण

फागुन ४, चितवन  । चितवनको सौराहामा रहेको सपना स्कुलले शिक्षक तथा अभिभावकहरुलाई  बालकेन्द्रित शिक्षण सिकाइका बारेमा प्रशिक्षण दिएको छ ।   

शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सपना स्कुलले सो कार्यक्रम आयोजना गरेको विद्यालयकी अध्यक्ष बर्षा पुरीले बताइन ।   

कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका शिक्षा शाखा प्रमुख बद्रिनारायण शर्माले वालवालिकालाई उनीहरुको मनोभावन बुझेर पढाउन सके उनीहरुको जग बलियो हुने बताए । वालवालिकाको हाउभाउ,चाहना अनुसारको शिक्षण सिकाइले मात्र शिक्षामा सफलता हासिल गर्न सकिने उनको भनाई छ ।   

वाल मनोबिज्ञान तथा वाल विकासमा विद्यावारीधी गरेकी मिनाक्षी दाहालले कार्यक्रममा सहजीकरण गरेकी थिइन । उनले लेकेर बसेको करिकुलम, बच्चाको हाउभाउ, उनीहरुको चाहना,सिकाउने तरिकाको विषयमा प्रशिक्षण दिएकी थिइन । बच्चा सिक्नकै लागि जन्मेको हो उनले भनिन् उ सिक्नकै लागि चकचके भएको हुन्छ । चकचके बच्चामा अभूतपूर्ण क्षमता हुने भन्दै उनले शिक्षक तथा अभिावकले उनीहरुको भनोभावना बुझेर शिक्षण सिकाइलाई अगाडि बढाउनु पर्छ ।   

सपना स्कुलकी अध्यक्ष बर्षा पुरीको अध्यक्षतामा भएको स्कुलका संरक्षक धु्रव गिरीले मन्टेश्वरीको अबधारण अनुसार सपना स्कुलले वालवालिकालाई शिक्षा प्रदान गरिरहेको बताए । उनले विदेशी प्रशिक्षकहरुबाट शिक्षकहरुलाई प्रशिक्षित गरी शिक्षण सिकाइलाई उपलब्धिपूर्ण बनाइएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =