टेकुमा भर्ना भएका तीनजना मै कोरोना नभएको पुष्टि, दुई जनाको रिपोर्ट आउँन बाँकी

चैत्र ५, काठमाडौं ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना भएका तीन जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । दुई जनाको भने रिपोर्ट आउन बाँकी रहेको अस्पताल श्रोतले जनाएको छ ।   

विदेशबाट आएका उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले अस्पताल पठाएको छ । तीन जना सोमबार र दुई जना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए । 

तीन जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =