नेपालविरुद्ध सिरिजका लागि एमसीसी टिम आज नेपाल आउँदै

कात्तिक १६, काठमाडौँ । टी–२०, एकदिवसीय र तीन दिवसिय सिरिज क्रिकेट खेल्नका लागि इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) आज काठमाडौँ आउँदै छ । नेपालविरुद्ध सिरिज खेल्न आज बिहान १०ः१५ बजे एमसीसीको टिम काठमाण्डौ अवतरण स्रोतले जनाएको छ ।   

एमसीसीमा अधिकांश खेलाडी इंग्ल्याण्डको यू १९ टिमबाट खेलिसकेका छन् । टिममा रहेका विल रोड्सले २०१४ मा इंग्ल्याण्डको यू १९ टिमबाट खेलेका थिए ।   

पाकिस्तान टिमबाट टेष्ट खेलिसकेका यासिर अराफात पनि टिममा छन् । उनी सन् २००० देखि २०१२ सम्म पाकिस्तानको टेष्ट टिममा थिए । एमसीसीले काठमाडौँ र पोखरामा गरि ६ वटा म्याच खेल्ने छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =