प्रधानमन्त्री ओली किन पुगे झापा ?

 

माघ १७, भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली दमकमा सुरु भएको वृहत बाल महोत्सवको उद्घाटन गर्न आज गृहजिल्ला झापा पुगेका छन् । 

महोत्सवको उद्घाटन लगतै गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन पनि गर्ने कार्यक्रम छ । 

null

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका थिए । 

प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारी, महान्यायधिवक्ता अग्नि खरेल सहभागी छन् । 

प्रधानमन्त्री ओलीले आजै अपराह्न नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । 

त्यसैगरी प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गरेर आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =