‘कालो वर्ष’ को पहिलो पोष्टर सार्वजनिक

 

चैत ८, काठमाडौँ । नेपाली कथानक चलचित्र ‘कालो बर्ष’ को पहिलो पोष्टर आज सार्वजनिक भएको छ । निर्देशक लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ । 

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ । योगिराम फिल्म्स् को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको हो । 

null

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले चलचित्र वितरकको जिम्मा लिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =