दाङमा बसबाट ओर्लने क्रममा महिलाको मृत्यु

फाेटाेः गुगल 

चैत्र ३, दाङ । सोमबार बिहान दाङमा तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा महिलाको मृत्यु भएको छ ।   

आजको बिहान पौने ९ बजेको समयमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा  महिलाको लडेर मृत्यु भएको हो ।   

Image result for महिलाको मृत्यु

प्रहरीका अनुसार बसबाट ओर्लने क्रममा  सोही स्थानकी  ५५ वर्षीया सुशिला वली लडेर गम्भिर घाइते भएकी थिईन् ।   गम्भिर घाइते वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार उक्त बस र चालकलाई नियन्त्रण लिई आवश्यक कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 13 =