स्पेनिस लालिगाः मड्रिड डर्बीमा रियल विजयी

माघ १९, एजेन्सी । गएराती सम्पन्न स्पेनिस ला लिगामा मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिकोलाई एक–शून्यले पराजित गरेको छ । 

रियलको घरेलु मैदान इस्तादियो सान्टियागोमा भएको खेलमा रियलको जितमा एकमात्र गोल करिम बेन्जिमाले गरे । ७७ हजार दर्शकले भरीभराउ स्टेडियममा खेलमा रियललाई जित दिलाउन एक मात्र गोल पर्याप्त भयो ।   

खेलमा दुवै टीमले खासै राम्रा मुभ बनाउन सकेनन् । एट्लेटिकोले पूरै खेलमा तीन वटा शट प्रहार गरेको थियो । जसमा एक शट पोस्टमा पुगेको थियो तर गोल भने हुन सकेन । 

रियलका लागि ५६औँ मिनेटमा बेन्जिमाले निर्णायक गोल गर्दै जिताए । उनले फर्लान्ड मेन्डीको उत्कृष्ट क्रसमा गोल गरेका थिए । बेन्जेमाले जारी लिगमा ५ खेलमा गोलविहिन रहेपछि गोल गरेका हुन् । उनले एटलेटिकोविरुद्ध घरेलु मैदानमा पनि पहिलो पटक गोल गरेका हुन् । 

रियलले दोस्रो हाफमा दुई खेलाडी परिवर्तन गरेपछि सुधारिएको प्रदर्शन गरेको थियो । इस्को र टोनी क्रुसको स्थानमा भिनीसियस जुनियर र लुकास भाज्केज आएपछि रियल जिततर्फ लम्किएको थियो । पहिलो हाफमा रियल दवावमा रहेपनि एट्लेटिकोले अग्रता लिन सकेको थिएन । अल्भारो मोराटा घाइते भएपछि घरेलु टोलीलाई केहि सहज भएको थियो । 

२२ खेलबाट रियलको ४९ अङ्क छ भने एक खेल कम खेलेको बार्सिलोनाको ४३ अङ्क छ । हारसँगै एट्लेटिकोले २२ खेलबाट ३६ अङ्क बटुल्दै तालिकाको छैटौ स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =