राज बब्बरलाई दौडाई दौडाई जुत्ताले हान्ने धम्की
मकालु खबर
२०७६ वैशाख ४ गते
बैशाख ३ । भारतको फतेहपुर सिकरीबाट बहुजन समाज पार्टी (बसपा) उम्मेद्वार गुड्डू पण्डितको एउटा भिडियो सार्वजनिक भएको जसमा उनले राज बब्बरलाई ‘दौडाई दौडाई’ जुत्ताले हान्ने धम्की दिइरहेका छन् ।
उनले उत्तर प्रदेश कांग्रेसका चीफ राज बब्बरलगायत उनका सहयोगीलाई झुटो फैलाएको आरोप लगाएका छन् ।
null
उनले धम्की दिँदै भनेका छन्, ‘सुन राज बब्बरका कुकुरहरु, तिमीहरुलाई र तिम्रा नेतालाई दौडाई दौडाई जुत्ताले हान्नेछु जसले समाजमा झुटो फैलाएका छन् । गंगा माताको कसम जहाँ भेट्छु जुत्तै जुत्ताले हान्नेछु, तँ र तेरा दलालहरुलाई ।’ एजेन्सी
मकालु खबर
२०७६ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित