विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य : मुख्यमन्त्री पोखरेल

मंसिर २४, रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए । 

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकमा तीन तहको चुनाव सम्पन्न भई संविधान कार्यान्वयनको दिशामा अघि बढेकाले अब संविधानमा उल्लेख भएका मौलिक हक सम्बन्धी व्यवस्था कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । 

संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धनलाई जोड दिएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले भने, “संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्न पाउने अवसर अगाडि आएको छ । ”उनले भने, “समृद्धिमार्फत नागरिकको मुहारमा खुशी ल्याउन सके व्यवहारिक रुपमै मानवअधिकार स्थापित हुनेछ ।” 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =