‘दिलको ट्रेण्डिङ’ कसलाई बनाउदैँ गायक मानस राज (भिडियो सहित)

फागुन १६, काठमाडौँ ।  गायक मानस राजको नयाँ गित ‘दिलको ट्रेण्डिङ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।   

सर्वाधिक चर्चामा रहन सफल गित ‘भाइरल भैदियो’ र ‘हिरो’ को अत्याधिक सफलता पश्चात उनले अर्को धमाकेदार गित ‘दिलको ट्रेण्डिङ’ को म्युजिक भिडियो लिएर आएका हुन् ।  

 संगीतकार भिम बिष्टको शब्द तथा संगीत रहेको भिडियोलाइ छायाँकार ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने सुजन मार्फा तामाङको कोरियोग्राफीमा निर्देशक गम्बिर बिष्टले निर्देशन गरेका छन् ।  

सार्वजनिक म्युजिक भिडियोमा डान्स प्लस सिजन ४ को फर्स्ट रनरअप बन्न सफल कुशल डान्सर तथा मोडल सुजन मार्फा तामाङ, रियो छमछ्मी सिजन ४ को बिजेता मोडल सन्ध्या आचार्य र गायक मानस राजलाइ आकर्षक रुपले फिचर्ड गरिएको छ ।  

भिडियो हेर्नुहोस  

https://youtu.be/XvePimRvWoc 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + nineteen =