क्याटवक गर्ने क्रममा मोडलको लडेर मृत्यु

बैशाख १५ ।  साओ पाउलो फेसन विकमा भाग लिएका एक बिरामी मोडलको क्याटवक गर्दै गर्दा लडेपछि मृत्यु भएको छ । 

 

आयोजक समितीले जारी गरेको एक वक्तव्यमा तेल्स सोअरेस फेसन ब्रान्ड ओक्सालाई प्रतिनिधित्व गरिरहेका बेला रनवेमा लडेको जानकारी दिइएको छ । वक्तव्य अनुसार क्याटवक गरिरहेका उनी लडेलगत्तै रनवेमा चिकित्सा टोली पुगेको थियो । उनलाई अस्पताल पुर्याइएको थियो जहाँ उनलाई डाक्टरले मृत घोषित गरे । 

null

वक्तव्यमा थप विवरण दिइएको छैन । 

डेली फोल्हा डे एस पाउलोका अनुसार सोअरेस आफूले लगाएको जुत्ताको तुनामा अल्झिएपछि लडेका थिए । पत्रिकाका अनुसार त्यहाँ उपस्थित मानिसहरुले यो प्रस्तुतीकै एउटा पाटो भएको ठाने । पत्रिकाका अनुसार सोअरेस २६ वर्षका थिए । एजेन्सी 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =