विवेकशील नेपालीका संयोजक उज्वल थापासहित २५ नेता–कार्यकर्ता पक्राउ

 

माघ ९, काठमाडौँ । अनशनरत डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा पारित नगरेको भन्दै काठमाडौँमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले प्रदर्शनमा उत्रिएका विवेकशील साझा पार्टीका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । आज दिउँसो प्रहरीले व्यवस्थापिका संसद भवन अगाडिबाट ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको हो। 

null

 

पक्राउ पर्नेहरुमा विवेकशीलका संयोजक उज्वल थापा, मिलन पाण्डे, शशी विक्रम कार्की अजिता राई लगायतका छन्। 

डा. गोविन्द केसी सहमति अनुरुप विधेयक पारित गराउनु पर्ने माग राख्दै १६ दिनदेखि आमरण अनशन बसिरहेका छन्। 

सरकार भने शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदबाट पारित गराउने तयारीमा छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =